८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचनलाई लक्षित गरी पोखरामा विस्फोट

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७६, बिहीबार ०६:४५

पोखरा । निर्वाचनलाई लक्षित गरी पोखरामा बम विष्फोट भएको छ । पोखराको टुरिष्ट बसपार्कमा अज्ञात समूहले बम विष्फोट गराएको हो । प्रहरी घटनास्थलमा पुगेको छ । विष्फोट पश्चात बसपार्क आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थ कडा पारिएको छ । विष्फोटबाट के कति क्षति भएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ । उपनिर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गरिरहेका छन् । त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।