१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतले नेपाललाई हेप्ने ? हामी एक्सनमा जान्छौं : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७६, बिहीबार १३:३३

कास्की । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतको हेपाह प्रवृत्तिविरुद्ध ‘एक्सन’मा जाने चेतावनी दिएका छन् । बिहीबार पोखरामा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साकाबारेमा सरकार विज्ञप्तिमामात्रै सीमित नभइ एक्सनमै जाने जिकिर गरे ।

अध्यक्ष दाहालले कूटनीतिक तवरबाट भारतले निकालेको नक्साका विषयमा छिट्टै वार्ता हुने दाबीसमेत गरे । ‘राष्ट्रियताको मामिलामा विज्ञप्ति निकालेरमात्र नभइ प्रक्रिया पुर्‍याएर सहमति हुनेछ’–उनले भने । ‘कहीँ–कतै हामी कम्प्रमाइज गर्ने या त्यसप्रति नरम हुने या लचिलो हुने भन्ने सवालै पैदा हुनसक्दैन’–उनको भनाइ छ ।

उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा नै चीन र भारतले लिपुलेकाबारेमा गरेको सहमतिको आफूले विरोध गरेको उल्लेख गरे । उपनिर्वाचनको ‘मिसन’ सुरु भएको भन्दै उनले चुनावको नतिजाले सरकारको लोकप्रियता बढेको सन्देश जाने दाबी गरे । बागलुङमा हुने उपनिर्वाचनका लागि नेकपाका शेरमान घर्तीमगरले दर्ता गराएको ‘बागी’ उम्मेदवारी फिर्ता हुनेसमेत उनले बताए ।