८ बैशाख २०८१, शनिबार
Follow Us

जग्गा ठगि प्रकरणमा ज्योति ग्रुपका रुपज्योति पक्राउ


२१ कार्तिक २०७६, बिहीबार १६:२०

लण्डन । प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।

रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो। उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ।

रुपज्योतिलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको छैन।