१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अभिनेत्री जोआन्ना लुम्ले नेपालको लागि सद्भावना दूत नियुक्त


२१ कार्तिक २०७६, बिहीबार १६:३६

लण्डन । बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन् ।

साताव्यापी वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका हुन् ।

भट्टराईले बिहीवार बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा आयोजित एक समारोहका बीच उनलाई सो जिम्मेवारी दिएका हुन् ।

यस्तै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी लगायतको उपस्थित थियो । बेलायतमा आयोजना भएको एक पर्यटन मेलामा भाग लिन आएका पर्यटन मन्त्री भट्टराई आजै नेपाल फर्किने तयारीमा रहेको बताएको छ ।