१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन ऐनमा सुझाव संकलन गर्न अमेरिका क्षेत्रमा कार्यदल गठन

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७६, बिहीबार २०:०३

लन्डन । गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्नको लागि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ। हिजो बुधवार क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले आब्हान गरेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्री उपसंयोजक (डिआर्सी) राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्यहरु होम गौतम, स्वराज खाती, जेदु पोख्रेल, शंकर खड्का, शिवराज पौडेल र तुलसी सापकोटाको उपस्थिति रहेको थियो।

गैरआवासीय नेपाली संघका महासचिवले गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्नको लागि गरेको आब्हानलाइ समयमा नै सफलतापूर्वक सम्पन्न गर्नको लागि यो कार्यदल गठन गरिएको हो। आरसी राजन त्रिपाठीको संयोजकत्वमा गठन गरिएको ७ सदस्य कार्यदलले समयमा नै सुझास संकलन गरि त्यसलाई कम्पायल गरेर आइइएसमा पठाउने छ।

कार्यदलमा राजन त्रिपाठी-आरिसी (संयोजक), राम पोख्रेल-डिआर्सी, उमा कार्की थापा- क्षेत्रीय महिला महिला संयोजक, बिमला सापकोटा क्षेत्रीय युवा संयोजक, जेदु पोख्रेल- आइसीसी सदस्य, सुनिल साह- अध्यक्ष एनसीसी अमेरिमा र चिरन्जीवी घिमिरे-अध्यक्ष एनसीसी क्यानाडा रहेका छन्।

साथै सो बैठकले अमेरिकाज क्षेत्रबाट एनआरएनएमा निर्वाचित तिनैजना व्यक्तिहरु उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रबिना थापा र सचिव गौरी जोशीलाई बधाई ज्ञापन समेत गरेको छ ।