१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ट्रम्पलाई २० लाख डलर जरिवाना गर्ने अदालतको फैसला

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार ०३:५६

न्युयोर्क । अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवानाको आदेश सुनाएको छ । सन २०१६ को निर्वाचनको क्रममा करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गदै न्यूयोर्कको अदालतले यस्तो फैसला सुनाएको हो ।

राष्ट्रपति ट्रम्पले अदालतको आदेश राजनीतिक रुपले प्रेरित भएको प्रतिक्रिया दिएका छन् । चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको रकम गैरकानूनी भएको अदालतले ठहर गरेको हो ।

फाउण्डेशनमार्फत गरिएको खर्च ट्रम्प आफैले भुक्तानी गर्नुपर्ने पनि अदालतले फैसला गरेको छ । चुनावमा ट्रम्पले छोराहरुको नाममा सञ्चालित संस्थावाट रकम खर्च गरेका थिए । परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि खर्च गर्नु गलत भएको न्यायाधीशहरुको भनाइ छ ।