१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार ०७:२५

महेन्द्रनगर । डा. गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् । सोमबारदेखि १७ औं अनशन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि उनको माग सम्बोधनका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन ।

चिसोका कारण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो । उनमा रक्तचापको समस्या पनि देखिन थालेको छ । चिकित्सा शिक्षा सुधारमा अभियन्ता केसी डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसेका हुन् ।

अनशनस्थलमै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले भेटेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । केसीको समर्थनमा विभिन्न संघसंस्थाले सदरमुकाममा प्रदर्शनको तयारी समेत गरेका छन् ।