१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रिटेन : अभद्र टिप्पर्णी भएपछि राजनीति छोड्न महिला सांसद बाध्य

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार ०९:५८

ब्रिटेनमा महिला सांसदमाथि अभद्र टिप्पर्णी गर्ने क्रम बढ्दो छ । केही महिला नेतृहरुले भनेका छन्, ‘आजसम्म अभद्र टिप्पणीबाट बच्न सकिएको छैन ।’ ‘अ हिस्ट्री अफ विमेन इन पार्लियामेन्ट’ पुस्तक लेख्न लेबर पार्टीकी सांसद रेचल रिब्स भन्छिन्, ‘पहिलो महिला सांसद नैनसी स्टरले पुरुष सांसदहरुका बीचमा लामो संघर्षपछि संसदमा स्थान बनाएकी थिइन् । तर अहिलेको अवस्थामा महिला सांसदलाई बलात्कार र हत्याको धम्की आउनु सामान्यजस्तो भयो । ५० भन्दा बढी सांसदले भनेका छन्, १२ डिसेम्बरमा हुने आम चुनावमा हामी भाग लिने छैनौं । त्यसमा १८ महिला सांसद छन् । यो निर्णयका पछाडि उनीहरुमाथि हुने टिप्पर्णी सबैभन्दा महत्वपूर्ण रहेको केही महिलाहरुको ठम्याइ छ ।

यूकेको संस्कृति सचिव निक्की मार्गेनलाई केही धम्की आयो । उनलाई ६४ वर्षीया रोबर्ट विडलरले फोनमा धम्की दिँदै भनेका थिए, ‘तिमीसँग औंलामा गन्न सकिन दिन बाँकी छ ।’ ती व्यक्तिलाई १८ साताको जिल सजाय भयो । निक्कीका अनुसार उनी सांसद बन्दा उनको परिवारमा सिधैं प्रभाव पर्छ । विगत एक दशकमा मानिसहरुको अभद्र टिप्पर्णी धेरै बद्लियो । किनभने त्यसबेला ब्रेग्जिटमाथि बहसले देश तातेको थियो । मानिसका लागि राजनीतिको वर्तमान परिदृश्यमा एउटा विशेष विचार छ ।

लिबरल डेमोक्रेट र पूर्व टोरी सांसद हेडी एलेनले पनि चुनाव नलड्ने निर्णय गरिन् । उनलाई पनि ज्यान मार्ने धम्की आयो । ब्रेग्जिटलाई लिएर उनीमाथि एक ५१ वर्षीय व्यक्तिले नक्कली इमेल आइडी प्रयोग गरेर धम्की पठाएको थियो । अहिले ती व्यक्तिलाई ४२ साताको जेल सजाय सुनाइसकेको छ ।
एलेनले आफ्नो चुनावी क्षेत्रका जनतालाई लेखेको पत्रमा भनेकी छन्, ‘कसैको जागीरमा कसैले डर, धाँक र धम्कीको इमेल, सामाजिक सञ्जालमा अभद्र टिप्पणी र घरमा पैनिक अलार्म लगाउन आवश्यक छैन । सार्वजनिक रुपमै यस विषयमा अनुसन्धान हुन्छ, त्यसमा कुनै शंका छैन, तर मानिसले धेरै पटक हदको दायरा पार गरेका छन् । यसको असर गम्भीर हुन्छ, कहिलेकाहिँ अमानवीय पनि हुनसक्छ ।

यूकेलाई इयूमा रहने पक्षधरले ती सांसदलाई निशाना बनाएको भने होइन । टोरी नेता तथा ब्रेग्जिटका पक्षधर एड्रिया जेनकिङ्सले यस्ता केही टिप्पर्णीको सामना गरिसकेकी छन् । उनले धम्कीयुक्त इमेल मात्र होइन उनकै निर्वाचन क्षेत्रका एक मतदाताले आत्महत्या गर्ने पेन्टिङसमेत पठाएका थिए । उनले भनिन, ‘ममाथि केही व्यक्तिगत टिप्पर्णी गरिएको मात्र थिएन, खराब आमा समेत भनिएको थियो । यसका बाबजुद पनि उनले हार मानेकी छैनन् । उनी यो चुनावमा मोरली र आउटवुड सिटमा चुनाव लडने छिन् । उनी भन्छिन्, ‘म यहाँ जागीर खानका लागि आएको हुँ, मलाई मेरो चुनावी क्षेत्रको प्रतिनिधित्व गर्न मन पराउँछु । म केही स्थानीय मुद्दालाई अन्त्य गर्न जुटटिरहेको छु, त्यसमध्ये एउटा बच्चाको शोषण पनि एक हो । यस्ता मुद्दामा लड्दा म जहिले पनि आफ्नो जमिन र मतदातासँग जोडिएको हुन्छ । यदि मैले चुनाव लड्न छोडे भने त्यसको अर्थ आफ्नो मुद्दा र मतदाताबाट भाग्नु हो भन्ने निस्कन्छ ।’

लिब्रल डेमोक्रेटिक सांसद सारा वोलास्टनले जब कन्जर्वेटिभ पार्टी छोडिन त्यसबेला उनलाई आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक भेटघाट र प्रचार नगर्न प्रहरीले सुझाव दिएको थियो । तर एड्रिया जेनकिङ्सले बीबीसी रेडियो कार्यक्रममा भनिन्, ‘तपाईं यस किसिमको सबै कुरा छोडेर त्यस्ता व्यक्तिको जवाफ दिन सक्नु हुन्न । तपाईं अगाडि बढेर त्यस्ता व्यक्तिलाई सबक सिकाउनुपर्छ ।

एमनेस्टी इन्टरनेशनलको एउटा अध्ययन अनुसार महिला सांसदमाथि हुने अभद्र टिप्पणीमा सबैभन्दा बढी छाया होम सेक्रेटरी डिएन एबट शिकार बनिन् । टिप्पणीको ५० प्रतिशत उनलाई टुइटरबाट प्राप्त भयो । यसका बाबजुद पनि आउँदा चुनावमा आफ्नो आवाजलाई दमदार रुपमा प्रस्तुत गर्ने उनी बताउँछिन् ।

सन् २०१९ को चुनावभन्दा अगाडिसम्म ५७ सांसदले आउँदो निर्वाचन नलड्ने घोषणा गरे । गत निर्वाचनको तुलनामा यो तथ्यांक थोरै हो । सन् २०१० मा १४९ सांसद र सन् १९९७ मा ११७ सांसदले चुनाव नलड्ने घोषणा गरेका थिए । तर यो चुनावमा यस्तो घोषणा गर्ने महिला सांसद बढी छन् ।

टोरी अध्यक्ष जेम्स क्लेवर्लीले एउटा ट्इटलाई रिटुइट गर्दै भने, चुनाव लड्ने निर्णय गर्ने ३२ प्रतिशत महिला सांसद छन् । यो तथ्यांक ठीकै हो । जम्मा १८ महिलाले चुनाव लड्ने घोषणा गरेका छन् । प्रतिशतको हिसाबले यो ३१ वा ३२ हुन आउँछ । बेलायतको तल्ला सदन हाउस अफ कमन्स छोड्ने पुरुष सांसद औषत उमेर ६३ हुन आउँछ । महिलाका लागि यो ५९ वर्ष हुन आउँछ । एउटा चाख लाग्दो विषय के हो भने, जुन नेताले यस पटक निर्वाचन नलड्ने निर्णय गरे तिनीहरुमध्ये ८९ प्रतिशत सांसदले इयुसँग सम्बन्ध कायम राख्नुपर्छ भन्ने पक्षमा भोट हालेका थिए ।

–  बीबीसीबाट