१२ बैशाख २०८१, बुधबार
Follow Us

भारु नोटबारे प्रम दाहालद्वारा भारतीय प्रम मोदीको ध्यानाकर्षण

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०५:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा रहेका भारतीय एक हजार र पाँच सय दरका नोट सहजरुपमा साट्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले सोमबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी नेपालमा भारतीय रुपैयाँ प्रयोग र सञ्चिती हुने गरेकाले प्रतिबन्धित भारतीय नोट नेपालमै सहजरुपमा साट्ने व्यवस्था गरिदिन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको हो ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका अर्थमन्त्रीबीच सिधा सम्पर्क गरेर भारु सटहीको अन्योल तत्काल समाधान गर्ने आश्वासन दिएको बताइएको छ । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई पत्रचार गरी नेपालमा भएका नोटको उचित ब्यवस्थापनका लागि आग्रह गरेपनि उसले निर्णय दिएको छैन् ।