१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १०:३२

काठमाडौं । काठमाडौं– ३२ कोटेश्वर बस्ने कामे शेर्पालाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेका छ ।  मोरङ पथरी नगरपालिका– १ बस्ने रामकृष्ण राईलाई जर्जियामा क्लिनरको जागिर लगाई दिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैया ( तलव, खान बस्न समेत) कम्पनीले नै दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैया ठगी गरी शेर्पा सम्पर्क बिहीन भएका थिए । उनलाई हिजो बिहीबार उर्लावारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले राजन राईबाट ३५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।