June 1, 2020
3:31 AM | 8:16 AM

राती नै अस्पताल पु-याइयो डा. केसीलाई

  9th November 2019 मा प्रकाशित

डडेल्धुरा । डा. गोबिन्द केसीको अवस्था गम्भीर हुँदै गएपछि डडेल्धुरा अस्पतालमा लगिएको छ । डा केसीको पिसाबमा किटोन बढेको, चिनीको मात्रा पनि घटेकोले शरीरमा ऊर्जा दिने शक्ति कमजोर हुँदै गएको, सोडियम पनि बढदै गएको छ ।

उनको जीवन रक्षाका लागि अनसनरतस्थलमा जनशक्ति अभाबका कारण नियमित उपचार संभव नभएको भन्दै उनको भाइ किशोर केसीको आग्रह तथा सहमतिमा शुक्रबार राती अस्पताल लगिएको हो ।

स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएकाले उपचारमा संलग्न चिकित्सकको सल्लाहपछि डडेल्धुराका निागरिक अगुवा, जनप्रतिनिधि, प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, नागरिक समाजका प्रतिनिधिहरुको रोहबरमा स्वास्थ्यकर्मीको रेखदेखमा उपचारको निरन्तरता दिन डा केसीलाई अस्पताल पु-याइएको बताइएको छ ।

प्रतिक्रिया