१५ चैत्र २०८०, बिहीबार
Follow Us

अकुपाइ टुँडिखेल अभियान, मानव साङ्लो निर्माण

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७६, शनिबार ०५:४६

काठमाडौं । टुँडिखेलको अतिक्रमण रोक्न र सर्वसाधारणका लागि खुला हुनुपर्ने माग गर्दै आजबाट अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ । अभियान अन्तर्गत बिहान आठ बजेदेखि दस बजेसम्म रत्नपार्क देखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाइएको हो ।

अभियानमा सर्वसाधारण, अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा लगायतले ऐक्यबद्धता जनाएका छन् । आयोजकहरूले अभियानलाई सार्वजनिक जग्गा अतिक्रमण विरूद्ध सांकेतिक आन्दोलन भनेका छन् ।

टुँडिखेल खुला गराएर सर्वसाधारणलाई निर्वाध उपयोग गर्न दिनुपर्ने आयोजकको माग छ । अभियान तीन महिनासम्म चल्नेछ । अभियान अन्तर्गत रचनात्मक र चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । अभियानले अरु ठाउँका पनि खुला क्षेत्र जोगाउन जागरण ल्याउने विश्वास गरिएको छ ।