११ बैशाख २०८१, मंगलवार
Follow Us

जनकपुरधाममा पनि गुन्जियो ‘गो ब्याक ईन्डिया’ को नारा

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०७६, शनिबार १३:२५

जनकपुरधाम । भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै जनकपुरधाममा समेत प्रदर्शन गरिएको छ । आज अनेरास्ववियू जिल्ला समिति धनुषाको नेतृत्वमा ‘गो ब्याक इन्डिया’ नारासहित जनकपुरधाममा प्रदर्शन गरेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा हाम्रो हो भन्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै, मोदी सरकार चोर हो भन्दै प्रदर्शन गरिएको छ । केहि दिन पहिला भारत सरकारले नेपालको केहि भूभाग आफ्नो रहेको भन्दै नक्सा सार्वजनिक गरेको थियो । कार्यवाहक अध्यक्ष मनिस यादवको अगुवाइमा नगर प्रदर्शन भएको थियो ।