१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेद्वारा पूर्व प्रधानमन्त्री डा. भट्टराईसंग अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०७:५४

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नयां शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम 
भट्टराईको स्वागत, सम्मान तथा अन्तरक्रिया गरेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलको कक्षमा आयोजित कार्यक्रममा डा. भट्टराईले आफ्नो पार्टी लोकप्रिय नारामात्र लिएर होइन, देश समृद्ध बनाउने संकल्पसहित आएको बताए । ‘विदेशमा रहेका तपाईं नेपालीको अनुभव हामीलाई लाभदायक छ’, भट्टराईले भने, ‘देश समृद्धिका लागि तपाईंहरुको भूमिका समेत अग्रणाी हुन्छ, मिलेर देश बनाऔं ।’
डा. भट्टराईले विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले यसले नेपालीलाई मातृभूमिसंग जोडी राख्ने बताए । नागरिकताको निरन्तरता र भोट हाल्ने अधिकार दिनेबारे आफ्नो पार्टीले सधैं समर्थन गर्ने भट्टराईको धारणा थियो ।
संघका महासचिव विजयविक्रम लिङदेनले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य दिए ।
अघिल्लो दिन एनआरएनए यूकेले गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टको सम्मानमा समेत कार्यक्रम गरेको थियो ।