१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लेस्टर सिटीद्वारा आर्सनल २-० ले पराजित

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७६, आईतवार ०४:१८

लन्डन । लेस्टर सिटी इङलिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । गएरातिको खेलमा आर्सनललाई २-० ले हराउँदै लेस्टर दोस्रो स्थानमा पुगेको हो । उसका लागि जेमी भार्डी र मेडिसनले एक एक गोल गरे ।

अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको छ । चेल्सीका लागि टामी अब्राहम र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे । टोटेनह्यामले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

टाेटेनह्यामका लागि सन ह्युङ मिन र सेल्फिडका लागि जर्ज बाल्डकले गोल गरे । अर्को खेलमा एभर्टनले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बर्नलीले वेष्ट ह्यामलाई ३-० ले पराजित गर्दा न्युकासलले बर्नेमाउथलाई २-१ ले हराएको छ ।

गएरातिका खेलपछि ११ खेलबाट ३१ अंक सहित लिभरपुल लिगको शिर्षस्थानमा छ । एक खेल बढी खेलेको लेस्टर २६ अंक सहित दोस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा चेल्सी तेस्रो स्थानमा छ ।