७ बैशाख २०८१, शुक्रबार
Follow Us

बुलबुल आँधीका कारण बंगलादेश र भारतक‍ो जनजीवन प्रभावित

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७६, आईतवार ०४:५६

कोलकोता । बुलबुल आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो छ । आँधीमा कारण पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ । दर्जनौ घाइते भएका छन् ।

आँधीका कारण सो क्षेत्रका विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ । मुख्यमन्त्री ममता बेनर्जीले नागरिकलाई सुरक्षित स्थानमा बस्न अपिल गरेकी छिन ।

१ सय ५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उता बंगलादेशको मार्टिन टापुमा आँधीमा सयौं मानिस फसेका छन् । एकलाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।