७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्कटल्यान्डमा नेपाली पाठशाला

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०७:५५

लन्डन । नेपालको प्रावि तहमा सिकाइने क, ख, ग, घ अब स्कट्ल्यान्डको एडिनवर्गका साना नानीबाबुलाई पनि पढाउन थालिएको छ । गत जुलाई २०१६ देखि नेपाली पाठशाला सञ्चालनमा आएको हो ।
नेपाली भाषा, कला र संस्कृति प्रवर्धन तथा विदेशमा जन्मिएका बालबालिकालाई नेपाली सिकाउन कस्सिएका हुन् गोविन्द राम कंडेल ।
साना बालबालिकाको जिम्मा लिएर २ घण्टा जति तिनिहरुलाई नेपाली वर्णमाला अनि नेपाली कला संस्कृतिको पाठ सिकाउन भने सहज नभएको बताउंछन् कंडेल ।
नेपाली कक्षामा अहिले ७ देखि १२ वर्ष सम्मका २५ जना बालबालिकाको सहभागिता छ । यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको कंडेलले बताए । स्थानीय काउन्सिल हल भाडामा लिएर कक्षा सञ्चालन 
गर्दै आएका गोविन्द बालबालिकाहरुको सहभागिता र रुची देखेर अत्यन्तै खुशी रहेको बताउंछन् । एडिन्बर्गका रेष्टुरां व्यवसायी कंडेल नेपाल स्कट्ल्याण्ड एसोसिएसनका सक्रिय सदस्य पनि हुन् ।
सामाजिक काममा समेत अभिरुची राख्ने गोविन्द नेपाली कार्यक्रम होस् या नेपालबाट आउने जो कोही पाहुनालाई सत्कार गर्न अगाडि सरिहाल्छन् ।