७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए उपाध्यक्षहरुको तोकियो विभाग

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७६, आईतवार ११:२०

काठमाडौं । गैरआवासीय नेपाली संघका उपाध्यक्षलाई विभाग तोकेर जिम्मेवारी दिइएको छ । संघमा पाँच उपाध्यक्ष छन् । गत ६ नोभेम्बरमा बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले उपाध्यक्षहरुको विभाग तोकेर जिम्मेवारी दिइएको हो । महासचिव डा. हेमराज शर्माका अनुसार संघको विधानको दफा २२ (२) अनुसार संघका उपाध्यक्षहरुलाई विभाग तोकेर जिम्मेवारी दिइएको हो ।

उपाध्यक्ष डा. बद्री केसीलाई वैदेशिक रोजगार, अर्जुन श्रेष्ठलाई व्यापार, लगानी तथा नेपाल प्रवद्र्धन, मन केसीलाई एनआरएनए पोलिसी ईन्स्टिच्युट तथा सीप, ज्ञान र नव प्रवद्र्धन, सोनाम लामालाई परोपकारी तथा मानव कल्याणकारी हित र रविना थापालाई महिला विभागको जिम्मेवारी तोकिएको छ ।

यस्तै विधानको दफा १७ (१०) अनुसार संघको दृष्टिकोण तथा धारणाहरु सार्वजनिक रुपले अभिव्यक्त गर्न पूर्वसचिव डिबि क्षेत्री (ओमान) लाई प्रवक्ताका रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो । महासचिव डा. शर्माका अनुसार संघको १९ अक्टोबर २०१९ मा सम्पन्न ६९ औं बैठकले अध्यक्ष र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई यससम्बन्धमा निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।