१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए नाइजेरियाद्धारा ब्लडक्यान्सर पीडितलाई सहयोग

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७६, आईतवार १३:११

लेगोस । गैर आवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले अर्धाखाची , शितगङ्गा नगरपालिकाका नारायण प्रसाद न्यौपानेको उपचारको लागि ७१ हजार १६० सहयोग जुटाएको छ ।
ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन ।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन । साथै सहयोगीहरु हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , संजय थापा , शंकर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह , सोमेश अर्याल , भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।