१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिटीको पोस्टमा लिभरपुलको ३ गोल

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७६, सोमबार ०३:५७

लन्डन । इङलिस प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलले अग्रता बढाएको छ । गएराति भएको खेलमा लिभरपुलले साविक विजेता म्यानचेष्टर सिटीलाई ३-१ गोलले पराजित गरेको हो । लिभरपुलका लागि फाब्रिनो, मोहमद सालेह र साडियो मानेले एक-एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल फर्काए । जितसँगै शिर्ष स्थानको लिभरपुलले आठ अंकको अग्रता कायम गरेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गरे । यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए । जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । अर्को खेलमा वुल्भ्सले एस्टन भिल्लालाई २-१ ले हराएको छ ।

गएरातिका खेलपछि १२ खेलवाट ३४ अंक सहित लिभरपुल शिर्ष स्थानमा छ । समान खेलवाट २६ अंक जोडेको लेस्टर दोस्रो र २६ नै अंक सहित चेल्सी तेस्रो स्थानमा कायम छन् ।२५ अंक सहित सिटी चौथो स्थानमा छ ।