७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा, सचिवालय बैठक बोलाइयो

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७६, सोमबार ०४:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठनको गृहकार्य अघि बढाएका छन् । सरकार गठन भएको बीस महिनापछि उनले त्यसको तयारी शुरु गरेका हुन । मन्त्रिपरिषद पुर्नगठनका विषयमा आइतबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत परामर्श गरेका छन् ।

मन्त्रीहरुको कार्यशैली प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन् । उनले दुई दिनअघि आफ्नै सचिवालयका सल्लाहकार र कर्मचारीलाई समेत राजीनामा दिन निर्देशन दिएका छन । दुई अध्यक्षको छलफलपछि आज नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचन अघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने नेकपाको तयारी छ । सचिवालय बैठकमा नयाँ सभामुख चयनका साथै एकताका बाँकी काम टुंग्याउने तयारी छ । बैठकले नेकपाको अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्ने बताइएको छ ।