१२ बैशाख २०८१, बुधबार
Follow Us

उपनिर्वाचनका लागि कांग्रेसले बनायो अनुगमन समिति

sarusaru
२५ कार्तिक २०७६, सोमबार ०४:५४

१४ मंसिरमा हुने उपनिर्वाचन अनुगमनका लागि कांग्रेसले ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति बनाएको छ । उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित सम्पन्न गर्न भन्दै पार्टीको विधानबमोजिम समिति बनाएको उसले जनाएको छ ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, प्रेस युनियन उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य र अधिवक्ता केशव रिजाल सदस्यसचिव छन् ।

निर्वाचन आचारसंहिताको पालना भए–नभएको अनुगमन गर्ने, सुरक्षा पर्याप्त भए नभएको हेर्ने, पार्टीको स्थानीय तहमा अनुगमन तथा समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने जिम्मेवारी समितिमा दिइएको छ । उम्मेदवारबाट आचारसंहिता उल्लंघन भए कानुनी कारबाहीको प्रक्रिया अपनाउने जिम्मेवारी पनि समितिलाई दिइएको कांग्रेसले जनाएको छ ।

एकजनाको उम्मेदवारी मात्रै फिर्ता
उपनिर्वाचनमा प्रतिनिधिसभाको १ र प्रदेशसभाका ३ सिटमा ६४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । ६५ जनाले उम्मेदवारी दिएकोमा कास्की २ का पुरुषोत्तम खनालले मात्रै उम्मेदवारी फिर्ता लिएका हुन् ।
नयाँ पत्रिका