१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री हेरफेरको एजेन्डाले प्रवेश पाएन, ४ विभागको नेतृत्व तोकियो

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७६, सोमबार ०९:४०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटा विभागको नेतृत्व टुंग्याएको छ । आज बसेको सचिवालय बैठकले अनुशासन, निर्वाचन, लेखा र सल्लाहकार विभागको नेतृत्व टुंग्याएको हो ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । यता, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

सीमा विवादमा निकासका लागि भने कुटनीतिक पहल गर्नुपर्ने निस्कर्ष बैठकले निकालेको छ । सचिवालय बैठकमा मन्त्री हेरफेरको एजेन्डाले प्रवेश नपाएको नेताहरुले बताएका छन् ।