१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारले कालापानीमा सुरक्षा पोस्ट थप्ने

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७६, सोमबार ०९:४२

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको जानकारी दिएका छन् । आज सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा उनले दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी दिएका हुन । कालापानी विवाद छ दशक लामो भएकाले त्यसको समाधानका लागि सरकार गम्भीर रहेको पनि मन्त्री थापाले बताए ।

बैठकमा समिति सदस्य एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने भारतबाट मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई अन्तर्राष्ट्रियकरण तत्काल गर्न नहुने बताएका छन् ।

ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेज लिएर भारतसँग प्रस्ट कुरा गर्नुपर्ने दाहालको भनाइ थियो ।समितिका अन्य सदस्यहरुले भने सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्चस्तरीय राजनीतिक तवरबाट खोज्न सुझाव दिएका छन् ।

समिति बैठकमा प्रधानमन्त्री केपी ओली भने सहभागी भएनन् । समितिले भारतले नेपालको सीमा मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई पनि बोलाएको थियो ।