८ बैशाख २०८१, शनिबार
Follow Us

८५ वर्षको इतिहासमा पहिलोपटक नेपाली राजदूत रिमेम्बरेन्स डेमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७६, सोमबार १२:४३

लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा श्रद्धाञ्जलि दिन आइतबार सेन्ट्रल लन्डनमा सयौंको भीडमा एक नेपाली कुटनीतिज्ञले सबैको ध्यान खिचे । बेलायती 
राजपरिवार सदस्यदेखि बोरिस जोन्सन, जेरेमी कोर्बिन लगायत शीर्षस्थ 
राजनीतिज्ञ र सैनिक भेट्रानहरुले परेडसहित हवाइटहल सिनोतापमा पुष्पगुच्छा 
चढाइरहंदा राजदूत डा। दुर्गाबहादुर सुवेदी केन्द्रमा रहेका हुन् ।

गैर आवासीय नेपाली संघका महासचिव डा। हेमराज शर्माले सामाजिक सञ्जालमा पोस्ट गरे, ‘दूतावास स्थापना भएको ८५ वर्षको इतिहासमा नेपाली राजदूतले पहिलोपटक त्यहां सहभागी हुने अवसर पाउनुभयो र बीबीसी लाइभमा 
उहांलाई देख्दा गर्व लाग्यो ।’

शर्माको पोस्टमा धेरैले राजदूत डा।सुवेदीलाई बधाइ दिएका छन् । सामाजिक अभियन्ता एवं ब्रिटिश आर्मीका रिटायर्ड मेजर डमर घलेले बधाइ दिंदै 
सुवेदीलाई सबैभन्दा उत्कृष्ट र सक्षम राजदूतका 
रुपमा चित्रित गरेका छन् । गायक दीपक थापाले पनि खुशी व्यक्त गर्दै अब नेपालको संकट समाधानका लागि राजदूतलाई प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिंग स्ट्रिट’ को ढोका ढकढकाउने समय आएको टिप्पणी गरेका छन् ।

रिमेम्बरेन्स डेका अवसरमा बिहान ११ बजे युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा बेलायतभर दुई मिनेट मौन धारण गरियो । बोरिस जोन्सन, जेरेमी कोर्बिन, जो स्वीन्सन जस्ता नेता चुनावी अभियान छोडेरै श्रद्धाञ्जलि अर्पण गर्न सिनोताप आइपुगेका थिए ।

उक्त क्षेत्र भूपू गोर्खामय भएको थियो । मेडल, गोर्खा हयाट, ब्लेजर र पप्पी फूलमा सजिएका भूपू गोर्खाहरु रिमेम्बरेन्स् सन्डे परेडका लागि हवाइटहल वरपर थिए 
 ।