८ बैशाख २०८१, शनिबार
Follow Us

यी हुन् “यूके डान्स अफ” का लागि छानिएका १० डान्सर

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०९:३४

लन्डन । सपन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको “यूके डान्स अफ” को लागि गत शनिबारका दिन अल्डरसटको प्रिन्सेस हलमा अडिशन कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर २७ तारिखका दिन हुन् गइरहेको ग्राण्ड फिनालेका लागि १५ सहभागीहरुमध्यबाट टप टेनको छनौट गरिएको छ । टप टेन हुनेहरुको नृत्यलाई युट्युबमा राखिनेछ र त्यसबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिनेछ ।

टप टेनमा पर्नेहरुमा आर्टिष्ट कल्चर ग्रूप, सविता एण्ड ग्रूप, जेनी सुनुवार, काजल गुरुङ, रीचा एण्ड स्नेहा, पुनम गुरुङ,श्रद्दा, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामांग रहेका छन् । सन् २००८ मा सपन इन्टरटेन्मेन्ट लिमिटेडले ‘ट्यालेन्ट हट’ गरेपछि करिब ८ वर्षको अन्तरालमा परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेकी छिन ।

कार्यक्रममा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्डको पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिनुका साथै म्यूजिक भीडीयो तथा फिल्ममा खेल्ने अवसर पनि प्रदान गरिने आयोजकले बताएका छन् । कार्यक्रमको ग्राण्ड फिनाले २७ नोभेम्बरका साँझ सामुयल कोडी स्पोर्टस सेन्टर फार्नबरोमा हुने कार्यक्रममा भने नेपालकी लोकप्रिय नायिका प्रियंका कार्की तथा दयाहांग राईको पनि उपस्थिति रहने भएको छ । प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् भने कानूनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ। कार्यक्रमका लागि धेरै बेलायात्वासीहरुले चासो देखाएको र कार्यक्रम सोचेअनुरूप सफल हुनेमा आफू विश्वस्त रहेको आयोजक तथा प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् ।

प्रमुख सल्लाहकारहरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ र डा. कपिल रिजाल रहने छन् भने कानुनी सल्लाहकारमा सोलिसिटर राजु थापालाई तोकिएको छ । टप टेन हुने प्रतियोगीहरुको भीडीयो चाडै युट्युब मार्फत सार्वजनिक गरिने सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् । 1 2 3 4 5 6 7 8 9 10