११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल र कुवेतको खेल भुटानमै हुने

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७६, सोमबार १२:४८

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्रको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको जनाएको छ । एसियाली फुटबल महासंघ (एएप्फसी) को स्वीकृतिपछि दुई देशबीचको खेल भुटानमा पक्का भएको हो ।
उक्त खेल थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा हुने छ । नेपाल यसअघि कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो ।