१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा ‘छठ’ पर्व भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७६, सोमबार १२:५६

लन्डन । बेलायतमा छठ पर्व भव्यताका साथ आइतबार सम्पन्न भयो । साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना गरिएको उक्त छठ विशेष कार्यक्रम एसोसिएसन अफ नेप्लिज मधेशी इन द यूकेले आयोजना गरेको हो । शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।एसोसिएसनका अध्यक्ष भाग्यनारायण रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए भने काउन्सिलर प्रवेश केसी, एनआरएनए सल्लाहकार कूल आचार्य, आईसीसी सदस्य सुशीला राई, हिलिङडन गोर्खा कम्युनिटीका अध्यक्ष छत्रसिंह लिम्बू, एनआरएनए यूके पूर्वउपाध्यक्ष शेर सुनारलगायतको कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा सुवेदीले भने, ‘छठ नेपाली समुदायको साझा पर्व भएकाले मधेशी समुदायलाई मात्र होइन, बेलायतवासी सम्पूर्ण नेपालीलाई शुभकामना भन्न चाहन्छु ।’ यो पर्व विगत १२ वर्षदेखि बेलायतमा मनाउँदै आइएको छ, तर विगतभन्दा यसपटक उपस्थित न्यून देखियो, राजदूत डा।सुवेदीले भने, ‘बेलायतमा छठ पर्व मनाउने परम्परा नमरोस्, यो हाम्रो साझा पहिचान हो ।’ हाम्रो संस्कार संस्कति हामीलाई मनाउने परम्परा राख्यो भने मात्र नयाँ पुस्ताले सिक्दै जान्छन् ।’

एसोसिएसनका अध्यक्ष रायले गल्तीबाट सिक्दै जाने हो, हामीले विगत १२ वर्षदेखि बेलायतमा छठ पर्व मनाउँदै आइरहेका छौं, यसपटक पनि मनाएका हौं, उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाल सरकारले यो पर्वलाई राष्ट्रिय मान्यता दिएको हुनाले मधेशी समुदायले यसलाई गर्व गर्नुपर्ने उनले बताए ।


फोटो : शिब भण्डारी

एनआरएनए सल्लाहकार आचार्यले बेलायतवासी नेपाली समुदायलाई छठ पर्वको शुभकामना दिए । एनआरएनए विश्व सम्मेलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका आचार्य भने, आत्माले जे देख्यो, त्यो ग-यो भने सन्तुष्टि प्राप्त हुँदो रहेछ । गल्ती गर्नेहरुलाई आत्मग्लानी हुन्छ, आत्मालाई नढाँटी समाजसेवा गर्नुस् सूर्य भगवानले सबैलाई आर्शिवाद दिउन् ।’ गैरआवासीय नेपाली संघको निर्वाचनमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

राजदूत डा। सुवेदीले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा आईसीसी सदस्य सुशीला राईले आफ्नो पनि नेपाल घर विराटनगरमा रहेको र ब्रत नबसे पनि छठ पर्वबारे राम्रो जानकार भएको बताइन् । बेलायतमा पनि छठ पर्व मनाउन पाउँदा आफूलाई खुशी लागेको उनले बताइन् ।


यस्तै काउन्सिलर प्रवेश केसीले छठ पर्वको शुभकामना दिए । उनले बेलायतको राजनीतिबारे कार्यक्रममा सहभागीलाई जानकारी गराए । आफू कन्जरभेटिप पार्टीको काउन्सिलर भएकाले नेपालीको सुरक्षाका लागि कन्जरभेटिभ पार्टीले जित्न जरुरी रहेको बताए ।

संयोजक तथा कार्यक्रम सञ्चालक उदयशंकर सिंहले छठ पर्वका बारेमा सहभागीलाई जानकारी गराएका थिए । सांगीतिक कार्यक्रम र बालबालिकाका लागि सञ्चालन गरिएको खेलले कार्यक्रममा थप रौनकता थपेको थियो ।

सांगीतिक कार्यक्रमका लागि मञ्जु, साह, भूमिका यादव, अर्चना साह र रस्मी साहले साथ दिएका थिए भने बाल खेलको संयोजन पुष्कर पटेल गरेका थिए । छठमा प्रसादका लागि विभिन्न प्रकारका सामग्री पनि प्रसादका रूपमा राखीएको थियो । कार्यक्रमलाई आकर्षित बनाउनका लागि अजय साह लगायतको टिम सक्रिय देखिन्थ्यो ।