८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली समाज वेल्स, यूके रिमेम्बरेन्स डे परेडमा सहभागी

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७६, सोमबार १३:०९

वेल्स । रोयल ब्रिटिश लिजन, वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१९ भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष अमृत घलेको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको उक्त परेडमा गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष राम चन्द्र पोखरेल, नेपाली समाज वेल्स यूकेका उपाध्यक्ष निरलाल मोक्तान, सस्थाका सदस्य एवं भूपू गोर्खा आर्मी सर्जेन्ट चक्र बहादुर गुरुङ, पूर्ण चन्द्र लिंदेन, मोति प्रसाद पुन, जस बहादुर कन्दङवा, मान धोज गुरुङ, नर बहादुर थापा, भिष्म कन्दङवा, नारायण धोज मल्ल र नर धोज शाहीको सहभागिता रहेको थियो।

पहिलो विश्व युद्द देखि यता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो । विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए ।

बिहान ठिक ११ बजे युद्दमा विरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट ७ गोर्खा राईफल का सर्जेन्ट चक्र बहादुर गुरुङले कोहिमा इपिट्याफ संदेश पढेर सुनाएका थिए ।

कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भावुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्राङ्गणमा आई चियापानको साथ कार्यक्रम बिसर्जन गरिएको थियो ।