८ बैशाख २०८१, शनिबार
Follow Us

युनिर्भसल मेडिकल कलेजमा तालाबन्दी

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७६, मंगलवार ०४:२२

रुपन्देही । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका हुन् । यसले कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ ।

२४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्ट्रनमा खटेका चिकित्सकले समेत काम नगर्ने चेतावनी दिएका छन् । विद्यार्थीले बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै उपचार सेवा भने सुचारु गर्न दिएका छन् ।

यता कलेज प्रशासनले भने शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ । शुल्क फिर्तालगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कात्तिक १४ गतेदेखि आन्दोलनमा छन् ।

सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेको छ । तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । आन्दोलनका कारण वार्षिक परीक्षा समेत स्थगित भएको छ ।