१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मालपोतका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

sarusaru
२७ कार्तिक २०७६, बुधबार ०५:१०

काठमाडौं : मालपोत कार्यालय लेखनाथ, कास्कीमा खरिदारसहित दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियारले खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरी भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा नामसारी गरी दिने कार्यका लागि मिलेमतो घुस लिएका उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

अनुसन्धानको सिलसिलामा खरिदार पौडेलले सेवाग्राहीको जग्गा नामसारी गर्ने कार्यका लागि लेखापढी व्यवसायी भट्टराईसँग मिलेमतो गरी १२ हजार घुस लिएका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अन्नपूर्ण पोष्ट