७ बैशाख २०८१, शुक्रबार
Follow Us

बंगलादेशका राष्ट्रपति भोलि पोखरा जाने

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७६, बुधबार ०७:०४

काठमाडौं । राष्ट्रपति हमिद बिहीबार हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद सोही दिन साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ । उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं अवतरण गरेका थिए । नेपाल आएलगत्तै उनले भक्तपुर दरबार स्क्वायर अवलोकन गरेका थिए । त्यसपछि उनी बंगलादेशका राजदूतले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन बंगलादेश हाउस बाँसबारी गएका थिए । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।