४ बैशाख २०८१, मंगलवार
Follow Us

भूपूगोर्खाको अधिकारका लागि डा. भट्टराईको सकृयता

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार ०९:४४

बिरेन्द्र श्रेष्ठ । गोर्खाहरुको समान पेन्शन र एनआरएनको नागरिकता सम्बन्धी मुद्दामा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायती संसद मार्फत औपचारिक रुपमै पहल शुरु गरेका छन् ।

संगठन बिस्तारको शिलशिलामा बेलायत भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भूतपूर्व गोर्खा शैनिकहरुको असमान पेन्शन र एन आर एनको दोहोरो नागरिकता सम्बन्धी मुद्दाको बिषयलाई भर्खरै बेलायती संसदमा औपचारिक रुपले छलफल गरेका हुन्।

एनआरएन युकेको अन्तरक्रियामा गोर्खा सत्याग्रह युकेका प्रतिनिधी ज्ञान राज राई तथा अध्यक्ष मुछेत्र गुरुङ लगायतका प्रतिनिधीहरुले आप्रबासी नेपालीहरुको उपरोक्त समस्याहरुको बिषयमा कुटनितिक रुपले पहल थालिदिन गरेको आग्रह गरेका थिए ।

सोही आग्रह अनुरुप डा भट्टराई गम्भीरका साथ् बेलायती सांसद समक्ष राखेका थिए।
उनले बेलायतमा बस्दै आएका नेपालीको दोहोरो नागरिकता सम्बन्धी विषयलाई दुई देशबीच कुटनीतिक नियोग मार्फत समाधान गर्नु पर्ने पनि बताएका हुन् ।

मंगलबार लण्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूतपूर्व गोर्खाको पेन्सन र गैर आवासिय नेपालीहरुको दोहोरो नागरिकता सम्बन्धी मुद्दा सुल्झाउन आँफु लागिपर्ने बताएका थिए । उनले यस बिषयमा बेलायती सांसद विरेन्द्र शर्मालाई पार्लियामेन्ट मै गएर भेटी त्यहाँ रहेका नेपालीहरुले भोग्दै आएको समस्याहरुलाई पनि राखेका थिए । स्मरण रहोस् सन् १८१६ मा नेपाल र बेलायतबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध गाँसिएको थियो ।