८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायत पढ्न आउन चाहनेहरुको लागी ७ उपयोगी टिप्स

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७६, बुधबार २३:५२

लन्डन । बेलायत पढ्न आउने बिधार्थीहरुको लागी लण्डनमा सक्रिय संचारकर्मी गणेश खड्काले उपयोगी ७ टिप्स दिएका छन । खड्काले आफ्नो सामाजिक संजाल फेशबुक टाईमलाइन मार्फत दिएका टिप्स जस्ताको तस्तै :

बिधार्थीलाई सहि सल्लाह र सुझाब भन्दा पनि भ्रममा राख्दै बेलायत पढ्न पठाउनेको Consultancy नेपालमा निकै हाभी भएको देखियो । र अनेकौ बहानामा बिधार्थी संग लाखौ consultancy फीस भन्दै असुल्ने परम्परा पनि रैछ । Guaranteed Visa लाग्छ भन्दा रैछन । Guranteed भन्ने त्येस्तो केहि हुदैन । बिधार्थीले आफै बुझ्नु जरुरी छ को संगबाट सल्लाह सुझाव लिदै छु भन्ने ।

बिधार्थीलाई मेरो सुझाब र बुझ्नु पर्ने कुरा ।

१. पढ्न आउनु , कमाउन सम्भब छैन ।
२. बेलायतमा एक्लै पढेर University फीस तिर्न निकै गार्हो छ । असम्भब भने होइन ।
३. Settlement हुने सम्भावना निकै कम छ ।
४. मास्टर्समा Dependent लौउन पाउने हुनाले १५,००० पौण्ड खर्च गरेर मास्टर्स पढ्दा पनि फाइदा नै छ ।
५. लण्डन बाहिरका गाउमा काम पाउन निकै गारो भएको भन्ने जानकारी एकदम आएको छ त्येसैले बरु एकदुई हजार पौण्ड बडी तिर्नु तर लण्डनमै आउनु ।
६. पैसा छ र काम को कुनै पर्वाह छैन भने बेलायत को जुन सुकै ठाउमा गएर पढदा पनि हुन्छ ।
७. मेहनत लगाब र कानुन मानेन भने कुनै बेला पनि यहाँ धोका मिल्न सक्छ । जस्तै Attaindance पुरा भएन भने University ले रिपोर्ट गर्दिन सक्छ अनि 60 दिन भित्र बेलायत छोड्नु पर्छ। Fail भयो भने यहाँ बाट भिसा थप्न मिल्दैन र पोस्ट Study Visa Apply गर्न मिल्दैन । २० घण्टा भन्दा बढी काम गरेको देखियो भने डिपोर्ट गर्दिन सक्छ ।

मेरो भनाइ के मात्र हो भने सजिलो छैन । पैसा छ पढ्न आउने हो भने सबैभन्दा राम्रो देश बेलायत हो । पैसा कमाउने अनि settlement सजिलो संग हुन्छ भन्ने भ्रम नफैलाउन अनुरोध गर्छु ।

– गणेश खड्का, FB