August 4, 2020
11:29 AM | 4:14 PM

सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्ला ?

  14/11/2019 मा प्रकाशित

ढाका । पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलको नेपाल उपाधि नजिक पुगेको छ । उपाधिका लागि आज नेपालले माल्दिभ्सँग भिडन्त गर्दैछ । फाइनल खेल बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा स्थानीय समयअनुसार दिउँसो २ः४५ बजे सुरू हुनेछ ।

नेपाल समूह चरणको शीर्ष स्थानमा रहदै उपाधि नजिकै पुगेको हो । समूह चरणमै सोझो सेटमा पराजित टिमसँग फाइनल खेल हुने भएकाले नेपालले उपाधि जित्ने अनुमान गरिएको छ । छनौट चरणमा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेशलाई पनि हराएको थियो ।

प्रतिक्रिया