१२ बैशाख २०८१, बुधबार
Follow Us

दुर्घटनामा दुईको मृत्यु

sarusaru
२८ कार्तिक २०७६, बिहीबार ०५:११

भरतपुर । नवलपरासी बर्दघाट–४ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने जंगलमा बुधबार ट्रक पल्टँदा दुई जनाको मृत्यु भएको छ । ना ४ ख ४५०४ नंको ट्रक अन्यिन्त्रित भई पल्टँदा चालक सुनवल १३ बस्ने २९ वर्षका नरबहादुर गुरूङ र सोही ठाउँका २५ वर्षका बलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, बर्दघाट नगरपालिका वडा नं १४ बस्ने १८ वर्षकी रिङ्कल विकको माछा मार्ने क्रममा बुधबार करेन्ट लागेर मृत्यु भएको छ । बर्दघाट १४ स्थित खजुर खोलामा परिवारसहित माछा मार्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, नवलपरासी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी सुनवल–१२ हरकट्टाबाट १८ वर्षका अवि तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख २८४५ नं को बसमा जाँच गर्दा तामाङको झोलाबाट डाइजोपाम १५० एम्पुल, फेनारगन १७५ एम्पुल, नुफ्रिन १२५ एम्पुल, नाइट्राजेपाम ४८ ट्याव्लेट लागूऔषध फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
चितवन पोष्ट