१५ चैत्र २०८०, बिहीबार
Follow Us

निजामती कर्मचारीको अनिवार्य अवकाशका ६० वर्षमा

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७६, बिहीबार ०७:४५

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पु¥याइएको हो ।
बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।