८ बैशाख २०८१, शनिबार
Follow Us

बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा रमाउँदै

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७६, बिहीबार ०८:५७

पोखरा । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरामा पुग्नुभएको छ । उहाँलाई बिहीबार पोखरा विमानस्थलमा स्वागत गरिएको थियो ।
नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पोखरामा पुग्नु भएको हो । राष्ट्रपति अब्दुल हमिदले पोखराको फेवातालमा डुङ्गा शयर गर्नुभएको छ । राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ । राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कनुहुनेछ ।