१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमआइएस प्रणाली नमान्ने युके लगायत १२ देश माथि कारबाही गर्ने एनआरएनको तयारी

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७६, बिहीबार १९:४२

 

लण्डन । गैरआवासीय नेपाली संघलाई ‘स्मार्ट एनआएनए’ बनाउने अभियान अन्तर्गत राष्ट्रिय समन्वय परिषद्हरुका पञ्जिकृत सदस्यहरुको विवरण एउटै प्रणाली मातहत ल्याउन संघले सकृयता देखाएको छ ।

गैरआवासीय नेपाली संघको गत महिना सम्पन्न नवौं महाधिवेशनमा एमआइएस प्रणालीमा नआएका १२ राष्ट्रिय समितिलाई सो प्रणालीमा ल्याउन लागिएको संघले जनाएको छ ।

सो प्रणालीमा नआएका राष्ट्रिय समितिमा इराक, मदागास्कार, मलावी, न्युजिल्यान्ड, रोमानिया, सेशल्स, स्लोभेनिया, साउथ अफ्रिका , युक्रेन, अमेरिका, युके र जिम्बाब्वे छन् ।

गैरआवासीय नेपाली संघलाई ‘स्मार्ट एनआएनए’ बनाउने अभियान अन्तर्गत सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुका पञ्जिकृत सदस्यहरुको विवरण एउटै प्रणाली मातहत ल्याउनको लागि एमआइएस प्रणालीको निर्माण गरेको संघका महासचिव डा. हेम राज शर्माले जनाएका छन् ।

शर्माले बुधवार राष्ट्रियहरुलाई एक पत्र लेख्दै सो प्रणाली अन्तर्गत पञ्जिकृत सदस्यहरुको अभिलेख राख्दा सदस्यता नविकरण गर्न, सदस्यता परिचपत्र बनाउन , संघले व्यवस्थापन गरेका सहुलियत लिन, अन्तर्राष्ट्य समन्वय परिषदले सदस्यहरुलाई सिधा सम्पर्क गर्न लगायतका विषयमा सजिलो हुने जनाए ।

संघको निर्वाचन सम्बन्धी नियमावली २०१९ को उपनियम ५(२) मा राष्ट्रिय समन्वय परिषद्हरुले अन्तर्र्रा्ष्ट्रिय समन्वय परिषद्ले तोकेको सदस्यता शुल्कसहित पञ्जिकृत सदस्यहरुको विवरण अनिवार्य रुपमा एमआइएस प्रणाली मार्फत उपलब्ध गराउने भन्ने प्रावधान अनुसार अधिकांश राष्ट्रिय समन्वय परिषद्ले सदस्यता विवरण बुझाइ सकेको बताएको छ ।

संघले हालसम्म पञ्जिकृत सदस्यहरुको विवरण एमआइए प्रणालीमा नआइसकेका राष्ट्रिय समितिलाई उक्त विवरण यथाशिघ्र उपलब्ध गराउन निर्देशन दिएको छ ।