१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्तिम खेलमा नेपाल मलेसियासँग भिड्दै

sarusaru
२९ कार्तिक २०७६, शुक्रबार ०४:५७

काठमाडौं । चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीले आज मलेसियासँग खेल्दैछ ।

अघिल्ला तीन खेलमा दुई जित र एक हार व्यहोरेको नेपालले अन्तिम खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

संघाईमा मलेसियालाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग २९ रनको हार व्यहोरेको थियो ।

तर, दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले हराएको थियो । यस्तै बिहिबार नेपालले म्यानमारलाई ३५ रनले हराएको थियो ।
डिसी नेपाल