११ बैशाख २०८१, मंगलवार
Follow Us

आमा ८४ वर्ष पुगेको अवसरमा आचार्यद्धारा पुस्तकालय स्थापना

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १३:३०

पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योती माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।bidhya-jyoti-1धाईरीङ घर भई हाल बेलायतमा ब्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली संघ एनआरएनका युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गर्नुभएको हो । आचार्यले माध्यमिक तह सम्मको अध्ययन गरेको विद्यालयमा आफ्नो आमा चौरासी वर्ष पुग्नुभएको अवसरमा विद्युतीय पुस्तकालय स्थापना गरेको बताउनुभयो ।

कक्षा २ देखि दश सम्मका पाठ्यक्रम सहित विभिन्न बिधाका दश हजार पुस्तकलाई डिजीटलाईज्ड गरिएको पुस्तकालयमा बिस वटा कम्प्युटर रहेका छन् । पुस्तकालय स्थापना गर्न आचार्यले करिब आठ लाख रुपैयाँ लगानी गर्नुभएको विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा तिन सय ६२ जना बालबालीका अध्ययरत छन् ।bidhya-jyoti-3मंगलबार एक समारोहका बिच आचार्यले पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशी, पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल लगायतको उपस्थितीमा विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्नुभएको छ । आचार्यले शैक्षिक गुणस्तर वृद्धी होस र ग्रामिण क्षेत्रका बालबालिकाले प्रबिधियुक्त शिक्षा पाउने भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको बताउनुभयो ।bidhya-jyoti-5सांसद जोशी र जिशिअ पौडेलले सहयोगदाता आचार्यको प्रंशसा गर्दै पुस्तकालयको दिगो र व्यवस्थीत प्रयोगमा जोड दिनुभयो ।bidhya-jyoti-4विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर लामिछानेको अध्यक्षता, सदस्य लालबहादुर अधिकारीको स्वागत र प्रअ मुरारी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहयोगदाता आचार्य र उहाँकी आमालाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मुरारी शर्मा र नेकपा माओवादी केन्द्रका नेता बाबुराम कार्कीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।