१३ बैशाख २०८१, बिहीबार
Follow Us

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७६, शुक्रबार १४:१७

काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा थुनछेक बहस भएको थियो ।