१२ बैशाख २०८१, बुधबार
Follow Us

कालापानी विवादबारे जनसम्पर्क समिति भारत पुग्यो भारतीय विदेश मन्त्रालय

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७६, शुक्रबार १९:१४

काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन् ।

साथै समितिको ८ सदस्यीय प्रतिनिधि मण्डलले भारतीय विदेश मन्त्रालयमा ज्ञापपत्र पनि बुझाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनीतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ । नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो लागि अस्वीकार्य रहेको समितिले जनाएको छ ।

सबैको साथ पाउँदा पनि भूमि अतिक्रमणका विषयमा प्रधानमन्त्री केपी ओली मौन बस्नुको कारण देश र प्रवासमा रहेका लाखौँ नेपालीले जान्न चाहेको समितिले जनाएको छ । नेपाली जनताको भावनाको सम्मान गर्दै अभिलम्ब कूटनीतिक पहल शुरु गर्न समितिले जोडदार माग गरेको छ ।