१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निलम्बित सांसद लामालाई सफाइ

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १४:२९

काठमाडौं । विशेष अदालतले नेकपा (माओवादी केन्द्र)का निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने आधार नदेखिएकाले निजलाई सफाइ हुने फैसला गरेको हो ।
लामाले सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति जोडेको आरोपमा गत वैशाख ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले लामाको करिब रु ३० करोड सम्पत्तिमा रु २० करोडको मात्रै स्रोत खुलेको बाँकी सम्पत्ति अवैध भएको दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।