१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हात्तिको आक्रमणबाट दुईको मृत्यु

sarusaru
१ मंसिर २०७६, आईतवार ०५:२८

चितवन : जङ्गली हात्तिको आक्रमणमा परी माडीमा दुईजनाको मृत्यु भएको छ। हात्तिको आक्रमणबाट माडी नगरपालिका १ का ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको भएको हो।

इलाका प्रहरी कार्यालय माडीका अनुसार शनिबार बिहान बाँदरझुला जाने क्रममा माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो। उनीहरू सवार लु ३१ प २९११ नम्बरको मोटरसाइकलमा हात्तिले आक्रमण गरेको थियो।

घटनाप्रति नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
अन्नपूर्ण पोष्ट