११ बैशाख २०८१, मंगलवार
Follow Us

१२ लाख लिएर एनआरएन कतारका पूर्वअध्यक्ष सम्पर्कविहीन

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १५:०२

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएन) कतारका पूर्वअध्यक्ष मक्सुद आलाम ३८,७९६ रियाल (झन्डै १२ लाख रुपैयाँ) लिएर सम्पर्कविहीन भएका छन् । गत शुक्रबार एनआरएन कतारको राष्ट्रिय परिषद् भेलामा कार्य प्रगति तथा आर्थिक प्रतिवेदन विवादित भएपछि उक्त रहस्य सार्वजनिक भएको हो । परिषद् भेलाले अध्यक्ष आलाम र तत्कालीन कोषाध्यक्ष द्रोणबहादुर बस्नेतलाई निलम्बन गरी एक महिनाभित्र सत्य तथ्य सार्वजनिक गर्ने सहमति भएपछि परिषद् भेला सम्पन्न भएको थियो ।
पूर्व कार्यसमितिले वर्तमान कार्यसमितिलाई बेरुजुलगायत केही विषयमा प्रष्ट हुन बाँकी रहेकाले परिषद् भेलामा विवाद सिर्जना भएको एक सदस्यले बताए । लेखा समितिले दिएको प्रतिवेदनमा पूर्वअध्यक्ष मक्सुद आलमको नाममा ३८ हजार ७ सय ९६ रियाल बेरुजु देखिएको थियो ।
लेखा परीक्षण उपसमितिले दिएको आर्थिक प्रतिवेदनको आधारमा सल्लाहकार संयोजक तथा पूर्वअध्यक्ष मक्सुद आलमको नाममा देखिएको ३८ हजार रियाल बेरुजु फछ्र्याेट गर्न पत्रचार गर्दा समेत फछ्र्योट नगरेको, विगत ८ महिनादेखि कतार बाहिर रहेको र विभिन्न माध्यमबाट सम्पर्कका लागि ताकेता गर्दा पनि संस्थाको सम्पर्कमा नआएपछि आइसीसीलाई जानकारी गराएको एक सदस्यले जानकारी दिए । आलामलाई सल्लाहकार समितिको संयोजक पदबाट निलम्बन गर्ने निर्णय गर्दै बेरुजु रकमअसुल गराउन पहल गर्ने निर्णय भएको उनले बताए ।