४ बैशाख २०८१, मंगलवार
Follow Us

अस्ट्रेलियामा दुई नेपाली पक्राउ

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७६, सोमबार ००:२०

सिड्नी। लगातार एक हप्ताको अन्तरालमा भिषा थप्न इन्डोनेशियाको बाली पुगि सिड्नी फर्केका दुई नेपाली नागरिकलाई अध्यागमन बिभाग अस्ट्रेलियाले सिड्नी बिमानस्थलमा प’क्राउ गरेको छ। एक बर्षे मल्टीपल भिषा पाएका उनिहरु तीन महिनाको पहिलो बसाइ सकिएपछि भिषा थप्न नजिकको गन्तब्यको रुपमा रहेको बाली शहर पुगेर फर्केका थिए । तर सिड्नी फर्कने क्रममा अध्यागमन मै पक्राउ परे ।

यसरी लगातार दुई हप्तामा दुई नेपाली पक्राउ परेपछि नेपालीहरुको लागि वाली ट्रान्जीट खतरा साबित भएको छ । उनीहरु अनुसन्धानको क्रममै रहेकाले नाम भने गोप्य राखिएको छ।पछिल्लो हप्ता एक बर्षे मल्टीपल भ्रमण भिषामा आएका एक नेपाली युवा तीन महीनाको प्रारम्भीक बसाइ सकेपछि पुनश्च भिषा थप्नका लागि इन्डोनेशियाको बाली पुगेका हुन्। तर बालीवाट फर्कदै गर्दा उनि अध्यागमनको नियन्त्रणमा पुगे । त्यसैगरि यो हप्तापनि अर्को एक नेपाली युवती बालीवाट सिड्नी फर्कने क्रममा पक्राउ परेकी हुन्।

एक बर्षे मल्टीपल भिषा पाएपछि अध्यागमनले एक पटकमा तीन महिनाको बसाइको लागि मात्र अनुमती दिने हुनाले नजिकको अर्को देश गएर फर्कने र अरु तीन महिना भिषा थप्ने काम गरिदै आएको थियो ।

यसरी बिमानस्थलको अध्यागमनमा पक्राउ गरिएपछि भिषा रद्द गरिने र भिषा रद्द गर्नेबित्तीकै कुनैपनि मुलुकका नागरिक बिना प्रवेशाज्ञा बस्न नमिल्ने कानुनी प्रावधानलाई अनुशरण गर्दै कानुनत प्रहरी नि’यन्त्रणमा लिइने गरिन्छ ।