६ बैशाख २०८१, बिहीबार
Follow Us

भारत बिरुद्द एनआरएन जापानको प्रदर्शन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७६, सोमबार ०५:४२

टोकियो । हालै भारतले जारी गरेको नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैर आवासीय नेपाली संघ,जापानको अगुवाईमा, जापान स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुले आज टोकियोमा शान्तिपूर्ण विरोध र्याली सहित ज्ञापन पत्र बुझाईएका छन् ।

एनआरएनए आईसीसीको निर्णय अनुसार, विरोध स्वरुप, एनआरएनए जापानको संयोजनमा सोमवार भारतीय दुतावास अघि भेला भई शान्तिपूर्ण र्यालि तथा ज्ञापन पत्र बाचन गरि सुनाईएको हो । लिखित ज्ञापान पत्र बुझाउने प्रयास भएपनि, दुतावासले, आन्तरिक नियम भन्दै,लिखित ज्ञापन पत्र भने बुझ्न अस्विकार गर्यो । प्रत्यक्षरुपमा लिन अस्विकार गरेपनि हुलाक मार्फ़त पठाउन मिल्ने र हालसम्म त्यहि प्रावधान चलनमा रहेको भन्ने, जानकारी गराईए अनुसार आजनै दुताबासको ठेगनामा ज्ञापन पत्र पठाईएको छ । व्यानर तथा नेपाली राष्ट्रीय झण्डा सहित उपस्थित नेपाली समुदायहरुले केहि क्षण भारतीय विस्तारवादका विरुद्दमा नाराबाजी समेत गरेका थिए ।


गैरआवासीय नेपाली संघ आईसीसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी,वरिष्ट उपाध्यक्ष अनिता गुरुङ्,महासचिव जनक विक्रम शाही लगायतका अन्यपदाधिकारीहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले तथा अन्य राजनीतिक भातृसंठनका प्रतिनिधि एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।