१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन आइसीसी सदस्यको लागि वेलायतबाट ७ जनाको नाम सिफारीश

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७६, सोमबार २१:१२

लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि वेलायतबाट ७ जनाको नाम सिफारिश गरिएको छ ।

गैरआवासीय नेपाली संघ युकेका अनुसार सिफारिशमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल छन् ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर छरिएका राष्ट्रिय समितिलाई क्षेत्रीय संयोजक मार्फत आइसीसी सदस्यको लागि १८ नोभेम्वर भित्र सिफारीश गर्न आग्रह गरेको थियो ।

गैरआवासीय नेपाली संघको विधानको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

संघको विधान अनुरुप ७ महिला सहित २१ जना केन्द्रीय समितिमा मनोनयन गर्ने व्यवस्था रहेको छ ।