१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बारपाकमा राज्य पुनरसँरचना

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७३, मंगलवार १७:०२

धनेष घले । बारपाक । गोरखा समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा अवस्थित ऐतिहासिक गाउँ बारपाक गोरखाको नाम नसुन्ने सायद कमै होला ।

यसको परिचय दिइरहनु पर्ने जरूरी छ जस्तो लाग्दैन । वारपाकको ईतिहास, नेपालकै एक हजार चार सय छैसठ्ठी घरको एउटै ठुलो गाउं थियो । भिसि गजे घले जन्मेको गाउँ अनि भुकम्पको केन्द्रबिन्दु बनेको कारण राष्ट्रिय,अन्तररास्ट्रीय स्तरसम्म चर्चामा आयो । पर्यटकीय हिसाबले पनि यो गाउँ उत्तिकै प्रख्यात छ ।

प्रायः जस्तो आन्तरिक तथा बाह्य पर्यटक जो कोही बारपाक गाउँ भनेपछि भुतुक्कै हुन्छन् । बौद्ध हिमालको काखमा रहेको बारपाक उतरमा लाप्राक, दक्षिणमा सौरपानी,पूर्वमा गुम्दा र पश्चिममा घ्याचोक गाबिस सम्म फैलिएको छ ।
देशमा नयाँ संबिधान घोषणा र त्यसपछि राज्य पुनरसँरचनाको प्रक्रियामा जादै गर्दा सरकारद्वारा आयोग गठन गरिएको पनि लामो समय भईसकेको छ ।

विभिन्न प्रदेशको सिमांकनको बिषयलाई लिएर मदेशी, आदिबासीहरुले असन्तुस्टी र आन्दोलन गर्दै आईरहेका छन्१स्थानीय निकाय पुनस्संग्रचना अन्तर्गत विभिन्न प्रदेश भित्र नगरपालिका र गाउँपालिका बनाउने पौडेल नेतृत्वको आयोगको प्राबिधिक टोली र बिभिन्न राजनैतिक पार्टीका जिल्ला कमिटिद्वारा आफ्नो आफ्नो खाकाहरु ल्याएको कारण यतिबेला देशमा हलचल नै छाएको छ ।

यसै सन्दर्भमा गोरखा जिल्लामा अहिले कायम रहेका ६६ वटा गाबिसमा बिशेष गरि अहिले राज्य पुनस्संग्रचना आयोग प्राबिधिक टोलीले र माओबादी केन्द्र र नेकपा एमाले र विभिन्न राजनैतिक पार्टीका जिल्लाकमिटीहरुले ल्याएको नगरपालिका र गाउँपालिकाको सिमांकन खाकालाई लिएर जनताहरुले असन्तुष्टिहरु ब्यक्त गर्दै आएको छ१त्यस्तै अन्तरिम संबिधान र नया संविधानको मर्म भावना अनुसार प्रदेशहरु र स्वायतप्रदेशहरु निर्माण गर्दा जुन पहिचानको ४ र सामथ्र्यका ५ आधारमा निर्माण हुनु पर्नेमा प्राबिधिक टोलीले जनसंख्यालाई मात्र आधार बनाएको छ ।

साथै राजनैतिक दलहरुले एकाध पहुचको आधारमा एकल जातीय स्वायत्त प्रदेश सहितको खाका घोषणा प्रति तिब्र बिरोध गर्दै कुनै पनि हालतमा नमान्ने बरु त्यसको बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
हाल गोरखा जिल्लाको उत्तरी पश्चिमी क्षेत्रमा पुनरसंचना आयोग प्राबिधिक टोलीले ताकुकोट,ताकुकोट लाकुरीबोट, लाप्राक,बारपाक,स्वारा,स्वरपानी गाबिस संयोजन गरि स्वरपानी केन्द्र र रान्गरुंग गाउ पालिका प्रस्ताव गरिएको छ ।

त्यस्तै नेकपा माओबादी केन्द्रले ११ वटा गाउँपालिका रहनेगरि प्रस्ताप गरिएको छ१ यस्तै उत्तरी गोरखाका केरौचा,कासिगाउँ,उहिया, लापु, गुम्दा, लाप्राक र बारपाकलाई समायोजन गरि धर्चे गाउँ पालिका गुम्दा केन्द्ररहनेगरी तमुवान स्वायतप्रदेश प्रस्ताप गरिएको छन् ।

त्यस्तै नेकपा एमालेले सिर्दिबास,केरौचा,उहिया, लाप्राक,गुम्दा,कासिगाऊ,लापु, बारपाक र माम्बुलाई समायोजन गरि गुम्दा केन्द्र रहने गरि तमुस्वायत गाउँपालिका प्रस्ताप गरिएका छन्१त्यस्तै नया शक्ति नेपालले लापुबेसी केन्द्र रहनेगरी केरौचा ,कासिगाऊ,माम्बु, लापु गुम्दा उहिया लाप्राक र बारपाक समायोजन गरि गाउँपालिका बनाउने खाका तयार भएको छ ।

बारपाकी जनताको साझा भावना र चाहना बारपाक नै गाउँपालिका केन्द्र बनाउनु पर्ने प्रस्तावना भन्दै केहि आधारहरु पनि साथमा पेश गरिएका छ ।

— वारपाकको ईतिहास, नेपालकै एकहजारचार छैसठ्ठी घरको एउटै ठुलो गाउं र भि।सि।गजे घले जन्मेको गाउँ अनि भुकम्पको केन्द्रबिन्दु राष्ट्रिय,अन्तरराष्ट्रिय रुपमा चिनेको क्षेत्र हो ।
— यी माथिकै लाप्राक,गुम्दा सिम्ला,स्वारपानी , सिम्जुङ्ग र घ्याचोक गाविसहरु आवतजावत गर्न सजिलो सडक संजाल सिम्जुंग गाबिसको बालुवा देखि लाप्राक सम्म तुरुन्तै २ वर्षे योजना अनुसार पिच बाटो जापान सरकार मार्फत जाईकाले बनाउन शुरु गरेको सन्दर्भमा सबै गाबिसलाई यातायातको सुविधा रहेको छ ।
— आर्थिक सामाजिक हिसाबले उपयोगी साथै पर्यटकीय गाउँको रुपमा विकास गर्न सजिलो त्यसको लागि नेपाल सरकारबाट आवस्यक पहल र सहयोगको घोषणा भइसकेको अवस्था छ ।
— सबैको साझा पहिचानको केन्द्र भएको हो ।
— श्रोत साधन र दक्ष जनशक्ति ठुलो जनसंख्या भएको हुनाले अहिलेको सबै गाविसलाई मिलाएर लाने सक्ने ।